उपराष्ट्रपति पुनले बहिनीको हातबाट लगाए भाइटीका – Nepal Press

उपराष्ट्रपति पुनले बहिनीको हातबाट लगाए भाइटीका

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका लगाएका छन् ।

लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाइदिए। सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *