नेपाल बारमा पत्रकारलाई प्रवेश निषेध, अध्यक्ष श्रेष्ठको ठाडो आदेश – Nepal Press

नेपाल बारमा पत्रकारलाई प्रवेश निषेध, अध्यक्ष श्रेष्ठको ठाडो आदेश

काठमाडौं । नेपाल बार परिसरमा समाचार संकलनका लागि गएका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बारको आव्हानमा २ दिनदेखि आन्दोलन जारी छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको ठाडो आदेशमा भित्र पसिसकेका पत्रकारलाई पनि गेटबाहिर निकालिएको छ । त्यस्तै क्यामेरामेन, रिपोर्टिङमा गएका पत्रकारलाई भित्र पस्न दिइएको छैन ।

गेटबाहिरैबाटै सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ । आन्दोलनमा घूसपैठ हुनसक्ने भन्दै प्रहरीले खानतलासी बढाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर