प्रधानन्यायायाधीशविरुद्ध बार एशोसियसनको आन्दोलन घोषणा, सर्वोच्चमै विरोधसभा गरिने – Nepal Press

प्रधानन्यायायाधीशविरुद्ध बार एशोसियसनको आन्दोलन घोषणा, सर्वोच्चमै विरोधसभा गरिने

काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बारले केन्द्रीय समिति बैठकले प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता एवं गरिमा राख्न नसकेको भन्दै राजीनामा दिन माग गरेको हो ।

बारले कात्तिक १४ देखि १७ गतेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध गर्ने आन्दोलन तय गरेको छ । त्यस्तै कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमै धर्ना र विरोध सभा गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

बारको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा कात्तिक १७ भित्र पनि प्रधानन्यायाधीशले राजीनामा नदिएमा आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने उल्लेख छ ।

बारले न्यायपालिकाको समग्र सुधारका लागि बाध्यात्मकरूपमा आन्दोलन गर्नुपरेको भन्दै सहयोगका लागि सेवाग्राही, कानून व्यवसायी र नागरिक समाजसँग आग्रहसमेत गरेको छ ।


प्रतिक्रिया

One thought on “प्रधानन्यायायाधीशविरुद्ध बार एशोसियसनको आन्दोलन घोषणा, सर्वोच्चमै विरोधसभा गरिने

  1. विचरा वार! के नाकले आन्दोलन गर्ने होला हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *