मध्यभोटेकोशीको आईपीओ बाँडफाँट – Nepal Press

मध्यभोटेकोशीको आईपीओ बाँडफाँट

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर बाँडफाँट भएको छ । सो कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ता आईपीओ छुट्याएको थियो । गोलाप्रथाबाट ८ लाख १९ हजार जनाले १०-१० कित्ताका दरले आईपीओ पाएका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आईएमईका आनुसार २३ लाख ९० हजार २ सय १८ जनाको आवेदन परेको थियो । त्यसमा ९५ हजार ७ सय २२ जनाको रद्द भएको थियो ।

कम्पनीले असोज २० देखि २५ गतेसम्म ९० करोड रुपैयाँको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमा ३ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर