देउवाले भने- ओलीजीले जथाभावी बोल्ने काम छैन, परमादेशले राष्ट्र बचाएको छ – Nepal Press

देउवाले भने- ओलीजीले जथाभावी बोल्ने काम छैन, परमादेशले राष्ट्र बचाएको छ

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफूलाई प्रधानमनत्री नियुक्त गर्न दिएको परमादेशले संविधान र राष्ट्र बचाएको दाबी गरेका छन् । परमादेश जारी गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको सुझावलाई देउवाले आलोचना गरे ।

आज एक कार्यक्रममा उनले भने, ‘ओलीजीले संसद भंग गर्‍यागरै गर्नुभयो । परमादेश जारी गरेर सर्वोच्चले राष्ट्र बचाएको छ । प्रजातन्त्र बचाएको छ । त्यसैले ओलीजीले जथाभावि बोल्ने काम छैन । उहाँले कुरा बुझ्नुपर्छ । परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा हो ।’

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग भइरहेको सन्दर्भमा हिजो एमाले अध्यक्ष ओलीले टिप्पणी गरेका थिए । उनले प्रधानन्यायाधीश मात्र नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनु राम्रो हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर