अबुधाबी डायलग सुरु : नेपालद्वारा श्रमिकको तलब बृद्धि र सुरक्षा सुनिश्चितताको माग – Nepal Press

अबुधाबी डायलग सुरु : नेपालद्वारा श्रमिकको तलब बृद्धि र सुरक्षा सुनिश्चितताको माग

काठमाडौं । सोमबारदेखि युएईमा अबुधाबी डायलग सुरु भएको छ । दक्षिण एसियाबाट श्रमिक पठाउने र खाडीका ६ मुलुक तथा मलेसियाका श्रममन्त्रीहरु यो सम्मेलनमा सहभागी छन् ।

नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ डायलगमा सहभागी छन् ।

नेपालले डायलगमा न्यायोचित श्रमिक भर्ना प्रक्रियालाई प्रोत्साहन गर्न श्रमिक पठाउने (स्रोत) र श्रमिक लिने (गन्तव्य) दुबै मुलुकले आफ्ना भूमिका र उत्तरदायित्व पहिल्याउनुपर्ने सहित पाँच प्रस्ताव राखेको छ ।

डायलगमा १६ वटा स्रोत र गन्तव्य देशका उच्च अधिकारीहरु सहभागी छन् । नेपाली श्रमिकको बाक्लो उपस्थिती रहेका मुलुकहरु मलेसिया, कतार, युएई, साउदी अरब, कुबेत, बहराइन र ओमानका श्रम अधिकारी सहभागी छन् ।

बैठकमा सहभागी श्रम उपसचिव थानेश्वर भुषालले नेपालले स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, स्रोत मुलुकले पहिचान गरेको सीपलाई मान्यता दिनुपर्ने र न्यूनतम तबल बढाउनुपर्ने प्रस्ताव राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर