यु-२३ टोलीमा अभिषेक, मनिष र आयुष पनि समेटिए – Nepal Press

यु-२३ टोलीमा अभिषेक, मनिष र आयुष पनि समेटिए

काठमाडौं । युवा स्ट्राइकर अभिषेक रिजाल, दर्शन गुरुङ, मनिष डांगी र आयुष घलानलाई समावेश गर्दै अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यु-२३ टोली घोषणा गरेको छ ।

आगामी कार्तिक ८ गतेबाट सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीमा अभिषेक, मनिष, दर्शन र आयुषसँगै राष्ट्रिय टोलीका ११ सदस्य समावेश गरी प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाली टोली छनोट खेल खेल्ने कार्तिक ३ गते (मंगलबार) आयोजक ताजकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रशिक्षक बाल गोपाललेले यस अघिको ३२ खेलाडीको सूचीबाट ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

उनले घोषणा गरेको टोलीमा ११  खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् । हिजो (शनिबार) समापन भएको साफ खेल्ने टोलीबाट यु-२३ टोलीमा ६ खेलाडी छन् । ६ खेलाडी भोली मात्रै माल्दिभ्सबाट नेपाल आइपुग्ने छन् ।

हाल मनिष र आयुषसँगै सुरज जेउ ठकुरी, नितिन थापा, गौतम श्रेष्ठ र सुमन अर्याल सिनियर टोलीमा छन् ।

यस्तै अभिषेक रिजाल, दर्शन गुरुङ, विशाल सुनार, राजन गुरुङ, एरिक विष्ट भने हाल सिनियर टोलीबाट बाहिर रहेका छन् । विशाल बाहेक अन्य खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु समेत गरिसकेका छन् ।

यसअघि पहिलो चरणमा प्रशिक्षक बाल गोपालले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा, प्रिजेन तामाङ, दीपेश आले मगर, दीनेश हेम्जन, धीरज श्रेष्ठ, जया गुरुङलगायत खेलाडीलाई टोली बाहिर राखेका थिए ।

अन्तिम छनोटमा भने उनले गोलरक्षक रोहित कार्की, डिफेण्डरहरू अशिम भुषाल, विशाल बस्नेत, विश्वास उदास, रोमन लिम्बु, आदिल हमिद र मिडफिल्डर दिनेश गुरुङ, अशोक थापा तथा बुद्ध बल तामाङ बाहिर राखेका हुन् ।

एएफसी छनोटको समूह ‘बी’ मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेलमा २५ अक्टोबर इरान, यस्तै आयोजक ताजकिस्तानसँग २८ अक्टोबर तथा ३१ अक्टोबरमा लेभलानलाई चुनौती दिनेछ ।

२३ सदस्यीय टोली:

गोलरक्षक– अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल,

डिफेण्डर– सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बु,

मिडफिल्डर– नितिन थापा, सुरज जेउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक विष्ट

स्ट्राइकर–  मनिष डांगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिभ लोप्चन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर