परराष्ट्रमन्त्रीले आज असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनलाई सम्बोधन गर्ने – Nepal Press

परराष्ट्रमन्त्रीले आज असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनलाई सम्बोधन गर्ने

सर्वियाली राष्ट्रपतिसँग भेटवार्ता

सर्विया । परराष्ट्रमन्त्री डा. नारायण खड्का र सर्वियाली राष्ट्रपति अलेक्जेन्डर भुसिकबीच भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरुको ६० औं वर्षगाँठको अवसरमा बेलग्रेडमा आयोजित उच्चस्तरीय बैठकको साइडलाइनमा उक्त भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले सम्मेलन सफलताको लागि सर्वियाली राष्ट्रपतिलाई शुभकामना दिएका थिए । सो अवसरमा द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको जनाइएको छ ।

परराष्ट्रमन्त्रीले सो अवसरमा नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश समेत सर्वियाली समकक्षी भुसिकलाई सुनाएका थिए । यसअघि खड्काले सर्वियाली विदेशमन्त्री र गृहमन्त्रीलाई समेत भेटेका थिए ।

साथै, मन्त्री खड्काले सर्वियाली समकक्षी निकोला सेलाकोभिकलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निम्तो समेत दिएका छन् । नौ सदस्यीय प्रतिनिधिमण्डलसँग डा. खड्का शुक्रबार बेलग्रेड प्रस्थान गरेका थिए । परराष्ट्रमन्त्रीले आज नाम सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर