मध्यभोटेकोशीको आईपीओमा एकैदिन मागभन्दा बढी आवेदन – Nepal Press

मध्यभोटेकोशीको आईपीओमा एकैदिन मागभन्दा बढी आवेदन

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिन बुधबार नै ८८ लाख ९१ हजार ९७० कित्ताका लागि आवेदन परेको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई बैंककाअनुसार हिजो बुधबार मात्र ५ लाख ५२ हजार १६७ आवेदकले ८८ लाख ९१ हजार कित्तामाथि आवेदन दिएका हुन् । मध्यभोटेकोशीले असोज २० गतेदेखि हिजो नै आईपीओ खोलेको हो । कम्पनीले ९० लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

जसमा ५ प्रतिशत सामूहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीका लागि छुट्याएका थिए । कम्पनीले सर्वसाधरणका लागि ८१ लाख ९० हजार कित्ता जारी गरको छ ।

कम्पनीले गत वैशाखमा नै सर्वसाधारणका लागि आईपीओ जारीका लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । कम्पनीले स्थानीय सिन्धुपाल्चोक जिल्लाबासी र प्रभावित क्षेत्र र कम्पनीका कर्मचारी सञ्चय कोष, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीका लागि १ करोड ४४ लाख कित्ता सेयर बाँडफाँट गरिसकेको छ । अहिले कम्पनीको चुक्तापुँजी ४ अर्ब ५० करोड छ भने आईपीओ जारी पश्चात कम्पनीको जारी पुँजी ६ अर्ब पुग्नेछ ।

मध्यभोटेकोशी कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४.३९ रहेको छ । यसैगरी, प्रतिसेयर आम्दानी भने १.२२ ऋणात्मक छ । कम्पनीको सेयरमा आवेदन दिने मिति छिटोमा असोज २५ गते र ढिलामा कात्र्तिक ३ गतेसम्मका लागि तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर