सुमन लामाको गोलमा नेपाललाई अग्रता – Nepal Press

सुमन लामाको गोलमा नेपाललाई अग्रता

काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध जारी खेलमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् ।

माल्दिभ्सको मालेमा जारी खेलको ३०औं मिनेटमा सुमनले नेपाली राष्ट्रिय टोलीका लागि पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । आजको खेलमा जित निकाले नेपाल इतिहासमै पहिलो पटक फाइनल पुग्ने सम्भावना प्रवल हुनेछ ।

खेलको सुरुआतमा श्रीलंकाले दबाब बनाए पनि गोलका मौका भने नेपालले धेरै सृजना गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोलको नतिजामा पराजित गरेको थियो । नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक माल्दिभ्सलाई पराजित गर्न सफल भएको हो ।

श्रीलंका पनि सोही दिन- शुक्रबार भएको उद्‍घाटन खेलमा बंगलादेशसँग पराजित भएको थियो । सोमबार भएको पहिलो खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेलेका थिए । १-० गोलको नतिाजमा पछाडि परेको बंगलादेशले ५४औं मिनेटमा एक खेलाडीलाई रातो कार्डको कारण गुमाएको थियो ।

यद्यपि, ७४‍औं मिनेटमा बराबरी गर्दै खेलमा बराबरी गर्न सफल रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *