एडीबीको ‘लिडिङ पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई – Nepal Press

एडीबीको ‘लिडिङ पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई

काठमाडौं । एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ । यो उपाधि एडीबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ ।

एडिबीले आफूसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई सम्मान प्रदान गर्दै आएको छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गरेको हो ।

जुलाई १, २०२० देखि जुन ३०, २०२१ को अवधिभर सहकार्यको आधारमा एडीबीले उपाधि प्रदान गरेको हो ।

भर्चुअलुरुपमा आयोजना गरिएको समारोहका बीच उपाधि प्रदान गरिएको हो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरू उपस्थित थिए । २५ बैंकलाई २० वटा श्रेणीमा विभिन्न उपाधिहरूले सम्मान गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर