सिन्धुपाल्चोक कांग्रेस: वडाबाट निर्वाचित प्रतिनिधिको नाम जिल्लामा पुग्दा गायब ! – Nepal Press

सिन्धुपाल्चोक कांग्रेस: वडाबाट निर्वाचित प्रतिनिधिको नाम जिल्लामा पुग्दा गायब !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा वडाबाट जितेका क्षेत्रीय प्रतिनिधिको नाम जिल्ला निर्वाचन कार्यालय पुग्दा गायब भएको छ । चौतारा–साँगाचोकगढी नगरपालिका वडा नम्बर १० बाट क्षेत्रीय प्रतिनिधि चुनिएर प्रमाणपत्र समेत लिएका हरिबहादुर कार्कीको नाम जिल्ला निर्वाचन कार्यालय पुग्दा बेपत्ता भएको हो ।

असाेज पाँच गते भएको वडा अधिवेशबाट क्षेत्रीय प्रतिनिधि चयन भएका कार्कीसहित १६ जनालाई निर्वाचन अधिकृतले प्रमाणपत्र दिएका थिए । तर, जिल्ला निर्वाचन कार्यालयको तथ्यांकमा कार्कीको नाम नभएको पाइएको छ । अधिवेशनबाट वडा सभापतिमा मन्धु थापासहित १६ जना क्षेत्रीय प्रतिनिधि चुनिएका थिए ।

‘म वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिएको सप्रमाण छ’ थापाले भने, ‘बीचमा कसले किन मेरो नाम हटायो ? बुझ्न सकेको छैन ।’ तर कोही व्यक्ति वा समूहले व्यक्तिगत प्रतिशोध साँधेको उनको बुझाइ छ । भन्छन्– केही यस क्षेत्रका नेता भनाउँदाले मेरो नाम काट्न लगाएको हुनुपर्छ ।

शेरबहादुर देउवापक्षीय जिल्लाका नेता हरिशरण श्रेष्ठले नाम काट्न लगाएको उनको अनुमान छ । पूर्वसभापति एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत, हरिशरण श्रेष्ठलगायत नेता देउवा खेमाका हुन् । कार्की देउवाइतर समूहलाई समर्थन गर्छन् ।

कार्की यसअघि नेपाली कांग्रेस सिन्धुपाल्चोकको केन्द्रीय समायोजन निर्वाचन प्रतिनिधि भएर आएका थिए । संघीय संरचनाअनुसार सिन्धु कांग्रेस समायोजन गर्ने क्रममा निर्देशिकाविपरीत काम गर्न संस्थापन पक्षले दबाब दिँदा उनले अस्वीकार गरेका थिए । त्यसकै कारण अहिलेको स्थिति आएको हुनसक्ने कार्कीको बुझाइ छ ।

जिल्ला निर्वाचन कार्यालयमा बुझाएको सूची यस्तो छ–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर