‘भ्याक्सिन पासपोर्ट’ स्वीकार गर्ने देशको सूचीमा नेपाल अझै परेन, ३ कम्पनीका खोप बाहेक अरुले मान्यता नपाउने – Nepal Press

‘भ्याक्सिन पासपोर्ट’ स्वीकार गर्ने देशको सूचीमा नेपाल अझै परेन, ३ कम्पनीका खोप बाहेक अरुले मान्यता नपाउने

टाेकियाे । जापानको विदेश मन्त्रालयले कोरोना खोप लगाएको प्रमाणपत्र (भ्याक्सिन पासपोर्ट) स्वीकार गर्ने देश र मान्यता दिने खोपको नामावली सार्बजनिक गरेको छ । सोमाबर सार्वजनिक गरेको सूचना अनुसार भ्याक्सिन पासपोर्ट स्वीकृत गर्ने देशको सूचीमा नेपाल परेको छैन ।

विदेश मन्त्रालयले नेपालसहित भारत, पाकिस्तान, भुटान, चीन, बंगलादेश, दक्षिण कोरिया, फिलिपिन्सलगायतका देशको भ्याक्सिन पासपोर्ट अस्वीकृतको सूचीमा राखेको हो ।

उसले एसियाका इन्डोनेसिया, सिंगापुर, श्रीलंका, थाइल्याण्ड, भियतनाम, हङकङ र मलेसियाले जारी गरेको भ्याक्सिन मात्रै आफ्नो देशले स्वीकार्ने उल्लेख गरेको छ ।

त्यसैगरी कोरोनाबिरुद्दको खोपका सन्दर्भमा पनि ३ खोपलाई मात्रै मान्यता दिने उल्लेख गरेको छ । विदेश मन्त्रालयका अनुसार फाइजर कम्पनीले उत्पादन गरेको कोमिर्नटी, अस्ट्राजेनेका र मोडेर्ना कम्पनीले उत्पादन गरेको मोडेर्ना खोपलाई मात्र जापानले मान्यता दिनेछ ।

नेपालमा प्रयोग गरिएका कोभिसिल्ड, भेरोसेल र जोनसनलाई जापानले मान्यता दिएको छैन । यधपी, अस्ट्राजेनेका कम्पनीअन्तर्गत भारतले उत्पादन गरेको कोभिशिल्ड भने अहिले परीक्षणकै चरणमा रहेकाले अक्टोर मध्यतिरबाट स्वीकृत हुन सक्ने उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर