देशभरका फिल्म हल घटस्थापनादेखि खुल्ने, पहिलो दिन ‘फास्ट एन्ड फ्युरियस’ रिलिज हुँदै – Nepal Press

देशभरका फिल्म हल घटस्थापनादेखि खुल्ने, पहिलो दिन ‘फास्ट एन्ड फ्युरियस’ रिलिज हुँदै

चलचित्र संघद्वारा हल खुलाउन मापदण्ड तय

काठमाडौं । आगामी असोज २१ गते बिहीवारदेखि मुलुकभरका फिल्म हलहरु खुल्ने भएका छन् । नेपाल चलचित्र संघले आज देशभरका सदस्य हलहरुलाई पत्र लेख्दै सो मितिदेखि प्रदर्शन सुरु गर्न भनेको हो ।

आज बसेको बैठकले महासचिव अशोक शर्माको संयोजकत्वमा चलचित्र प्रदर्शन व्यवसायिक समिति गठन गर्दै फिल्म हल खुलाउनेबारे ६ बुँदे निर्णय समेत गरेको छ ।

दुई साताको अन्तरालमा मात्र दोस्रो फिल्म रिलिज गर्न पाइने भएको छ । स्वदेशी र विदेशी फिल्मको सेयर बाँडफाँटको हकमा पहिलो साता निर्माता तथा वितरकलाई ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर दिइने भएको छ ।

नेपाली फिल्म प्रदर्शन मिति तोकिएको समयमा विदेशी फिल्म प्रदर्शन गर्न नपाइने भएको छ । आगामी ३ महीनाभित्र प्रदर्शन गरिने फिल्महरुको प्रदर्शन मिति असोज २० गतेभित्र घोषणा हुनेपर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तो प्रावधान तीन महीनासम्म कायम रहने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर