अन्तिममा सम्हालिन नसक्दा हार्‍यो नेपाल – Nepal Press

अन्तिममा सम्हालिन नसक्दा हार्‍यो नेपाल

काठमाडौं ।  पहिलो हाफको अग्रता जोगाउन नसक्दा नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानको तास्केन्तमा शनिबारदेखि सुरु भएको एएफसी महिला एसियन कप छनोटमा फिलिपिन्ससँग २-१ गोलको नताजामा पराजित भएको छ ।

खेलको १०औं मिनेटमा लिएको अग्रता खेलको अन्तिम ५ मिनेट जोगाउन नसक्दा नेपाल हारबाट जोगिन सकेन ।

छनोटअन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा विमला चौधरीले १०औं मिनेटमा गरेको गोलमा नेपालले अग्रता लिएको थियो । तर अन्तिम मिनेटमा बराबरी गोल गरेको फिलिपिन्सले इन्जुरी समयमा अर्को गोल गर्दै विजयी सुरुआत गर्यो । छनोटको दोस्रो तथा अन्तिम खेलमा नेपालले म‌गलबार हङकङको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *