निर्वाचन आयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने एमालेको निर्णय – Nepal Press

निर्वाचन आयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको छ ।

१४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको सचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर