गैर आवासीय नेपाली संघको उपाध्यक्षमा वर्तमान महासचिव शर्माको उमेद्‍वारी घोषणा – Nepal Press

गैर आवासीय नेपाली संघको उपाध्यक्षमा वर्तमान महासचिव शर्माको उमेद्‍वारी घोषणा

दीपक गौतम/जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् ।

नेपाल प्रेससँग कुराकानी गर्दै शर्माले अहिले महासचिव भएकाले आफू स्वत: उपाध्यक्षको उमेद्वार भएको उल्लेख गरेका हुन् ।

‘मेरो विकल्प भनेको कि महासचिवमै दोहोरोरिने कि त अध्यक्ष या उपाध्यक्ष मै जाने हो’ शर्माले भने, ‘अध्यक्षमा अझै तयारी पुगेको छैन त्यसैले उपाध्यक्षमै जानुको विकल्प भएन ।’ महासचिव भैसकेको मान्छे उपाध्यक्षमा जान्छु भन्नु स्वाभाविक भएको उनको तर्क थियो ।

यसअघि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको महासचिव भैसकेका शर्मा हाल युकेमा बसोबास गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *