बाबुरामलाई प्रचण्डको प्रश्न- समाजवादी हुन कम्युनिष्ट पार्टी छोड्नै पर्छ ? – Nepal Press

बाबुरामलाई प्रचण्डको प्रश्न- समाजवादी हुन कम्युनिष्ट पार्टी छोड्नै पर्छ ?

बिल्कुलै नयाँ गरौं भन्दा हराउने खतरा रहेको भनाइ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा नेता बाबुराम भट्टराईलाई समाजवादी हुन कम्युनिष्ट पार्टी छोड्नै पर्छ भन्दै प्रश्न गरेका छन् ।

समाजवादी केन्द्रले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले प्रचण्ड, माधव नेपाल लगायतालई तत्कालको चुनावी लोभ त्यागेर समाजवादको नयाँ मोडल विकासका लागि लाग्न आँट गर्न आग्रह गरेका थिए ।

‘त्यसो गर्न के हामीले माक्सवार्द, लेनिवाद, माओवाद छोड्न जरुरी छ ?,’ पूर्वसहयोद्धा प्रचण्डको प्रश्न छ, ‘कम्युनिष्ट पार्टी छोडेर मात्रै त्यो सम्भव हुन्छ ?’

कम्युनिष्ट पार्टीबाट अब हुँदैन भन्ने विश्लेषणले क्रान्तिमा धेरै मद्दत नगर्ने उनले बताए । प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टीबाट अब हुँदैन भन्ने कुराले क्रान्तिलाई धेरै मद्दत गर्दैन । धेरै नयाँ चिजको खोजी गर्छौं भन्दा-भन्दै हामी कतै हराएको त होइन् ?’

माक्सवार्दका आधारभूत कुरामै आशंका गर्दा आफैँ हराउने खतरा रहेको प्रचण्डको भनाइ छ। ‘घटनाक्रमले पुष्टी बाबुरामजीले भनेको जस्तो मात्रै गरेका छैनन् । त्यो हुँदा न यता न उता हुने खतरा पनि भएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर