भाजपाको चुनावी अभियानमा नेपालका पाँच दललाई निम्तो, कुन पार्टीबाट को जाँदैछन् ? – Nepal Press

भाजपाको चुनावी अभियानमा नेपालका पाँच दललाई निम्तो, कुन पार्टीबाट को जाँदैछन् ?

काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनका क्रममा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ वटा राजनीतिक पार्टीलाई दिल्लीमा निम्ता दिएको छ ।

भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ (know BJP)अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको भाजपाका विदेश विभाग इन्चार्ज डा.बिजय चौथाइवालेले विज्ञप्तिमार्फत जनाएका छन् ।

नेपालबाट यस कार्यक्रमका लागि नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता गरिएको छ । आजै उनीहरुले बिजेपी मुख्यालयमा भाजपा अध्यक्ष जेपी नड्डासँग भेट्नेछन् ।

यसक्रममा भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने भाजपाले जनाएको छ । उनीहरुलाई बिजेपीको चुनावी अभियान र उसको रणनीतिसहित समग्र चुनावी प्रक्रियाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको चौथाइवालेले जनाएका छन् ।
नेपालबाट कांग्रेसका उदय शमसेर जबरा,एमालेका उपमहासचिव बिष्णु रिमाल,माओवादी केन्द्रका नेता मात्रिका यादव,रास्वपाका शिशिर खनाल र जनमत पार्टीबाट डा.जयकान्त राउत यस कार्यक्रममा सहभागी हुने बताइएको छ ।

कार्यक्रममा भियतनामको सत्तारुढन कम्युनिस्ट पार्टीसहित विभिन्न देशका दलहरुका प्रतिनिधिहरु सामेल छन् । उनीहरुलाई विभिन्न राज्यमा भइरहेका चुनावी अभियानमा समेत अवलोकन गराइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर