ललितपुर हरिसिद्धीमा गहुँ काट्न पुगे विप्लव – Nepal Press

ललितपुर हरिसिद्धीमा गहुँ काट्न पुगे विप्लव

ललितपुर । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन पारेर नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ललितपुरस्थित हरिसिद्धीमा गहुँ काट्न पुगेका छन् । पार्टीले सञ्चालन गरेको कृषि केन्द्रमा लगाइएको गहुँ काटेर विप्लवले नेता कार्यकर्तासँग शुभकामना साटासाट गरे ।

विप्लव प्राय: कृषि कर्ममा व्यस्त भइरहन्छन् । पार्टीले सञ्चालन गरेको उत्पादन अभियानमार्फत उनी खेतीपातीमा देखिइरहेका हुन् । विप्लवले नेपाल तथा विश्वभरिका श्रमिकलाई खेतबाटै शुभकामना दिएका छन् ।

विश्वमा श्रमिकहरूको महत्त्व बढ्दै गएको भन्दै श्रमिक र पूँजीपतिबीचको खाडल साँघुरो बनाउँदै लैजानुपर्ने उनले बताए । पूँजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउँदै उनले त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताएका छन् ।


प्रतिक्रिया

One thought on “ललितपुर हरिसिद्धीमा गहुँ काट्न पुगे विप्लव

  1. एकछिन काटेजस्तो नाटक गर्छ हत्याराले!
    आफैं रोपेर फलाएर काटन सक्छ लूटेराले?!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर