प्रतितोला २७ सयले घट्यो सुनको मूल्य – Nepal Press

प्रतितोला २७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार चाँदी प्रतितोला १६५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर