इन्डस्ट्री ४.० मा समाजवादी आन्दोलनले लिनुपर्ने बाटो – Nepal Press

इन्डस्ट्री ४.० मा समाजवादी आन्दोलनले लिनुपर्ने बाटो

प्रविधिमा भइरहेको द्रुत विकास र त्यसले उत्पादन सम्बन्धमा ल्याएको परिवर्तनले २१औं शताब्दीमा इन्डस्ट्री ४.० र सोसाइटी ५.० को बहसलाई अग्रपंक्तिमा राखेको छ । प्रत्येक औद्योगिक क्रान्तिले उत्पादन सम्बन्धलाई फेरेको छ र उत्पादन सम्बन्धमा आएको परिवर्तनले श्रम सम्बन्धमा पनि परिवर्तन ल्याएको छ । फेरिएको उत्पादन सम्बन्ध र श्रम सम्बन्धलाई व्यवस्थित गर्न प्रत्येक औद्योगिक क्रान्तिसँगै समाजवादी आन्दोलनले आफ्नो स्वरुप र मुद्दाहरूमा परिमार्जन गरेको इतिहास हामीमाझ लुकेको छैन । मुख्य रूपमा विभिन्न औद्योगिक क्रान्तिका स्वरुप, त्यसबेलाका समाजवादी आन्दोलनको अवस्था र हालको इन्डस्ट्री ४.० मा समाजवादी आन्दोलनले लिनुपर्ने नीतिहरूमा यो लेख केन्द्रित रहेको छ ।

इन्डस्ट्री १.० या यान्त्रीकरणको युग

इन्डस्ट्री १.० लाई पहिलो औद्योगिक क्रान्तिको रूपले चिनिन्छ, जसको उदय १८औं शताब्दीको अन्ततिर भएको थियो । स्टिम इन्जिनको विकाससँगै यस क्रान्तिले गति लिएको बुझ्न सकिन्छ । स्टिम इन्जिन थोमस सेभरीद्वारा सन् १६९८ मा आविष्कार गरिएको थियो, तर १८औं शताब्दीमा जेम्स वाटद्वारा यसमा धेरै सुधार ल्याइएपछि यो औद्योगिक प्रयोगहरूको लागि व्यवहारिक बन्न पुग्यो ।

यस समयमा मानव र जनावरको श्रममा आधारित कृषि अर्थतन्त्रबाट यान्त्रीकरण र वाष्प शक्तिद्वारा सञ्चालित औद्योगीकरणतर्पm समाजले फड्को मारेको देखिन्छ । यस समयको मुख्य आविष्कारहरूमा स्टिम इन्जिन, मेकानाइज्ड कपडा उत्पादन, फलाम र कोइलाको प्रयोगलाई मान्न सकिन्छ । ठूलो मात्राको उत्पादनका लागि कारखानाहरू केन्द्रीकृत हुन थाले ।

इन्डस्ट्री १.० समयमा कपडा उद्योगमा महत्वपूर्ण परिवर्तनहरू देखापरे । उदाहरणका लागि कपास कात्नुको यान्त्रीकरण हो । जेम्स हग्रिभ्सले सन् १७६४ मा स्पिनिङ जेनीको आविष्कार गरे, जसले पारम्परिक हातले कताइ गर्ने विधिहरूको तुलनामा उत्पादकत्व बढाउँदै एकैसाथ धेरै थ्रेड कात्न सक्थ्यो । यस समयको अर्को उदाहरण अन्न पिसाउन पानीबाट चल्ने मिलहरूको आविष्कार हो ।

इन्डस्ट्री २.० या ठूलो मात्राको उत्पादनको युग

इन्डस्ट्री २.० लाई दोस्रो औद्योगिक क्रान्तिका रुपमा लिइन्छ । यसको सुरुवात १९औं शताब्दीको अन्ततिर भएको थियो । यस समयमा बिजुली, एसेम्बली लाइन र ठूलो मात्राका उत्पादन प्रविधिहरू अपनाउने क्रम बढेको पाइन्छ । इन्टरनल कम्बश्चन इन्जिन, स्टिलको उत्पादन र टेलिग्राफ जस्ता आविष्कारहरूले औद्योगीकरण र विश्वव्यापीकरणलाई थप गति दिएको पाइन्छ । बिजुलीले कारखानाहरू दिन र रात नभनी चौबीसै घण्टा चल्नसक्ने अवस्था भयो । उत्पादनमा एसेम्बली लाइनको प्रयोगले उत्पादकत्व र गति दुबै बढायो ।

इन्टरनल कम्बश्चन इन्जिन, स्टिलको उत्पादन र टेलिग्राफ जस्ता आविष्कारहरूले औद्योगीकरण र विश्वव्यापीकरणलाई थप गति दिएको पाइन्छ । बिजुलीले कारखानाहरू दिन र रात नभनी चौबीसै घण्टा चल्नसक्ने अवस्था भयो । उत्पादनमा एसेम्बली लाइनको प्रयोगले उत्पादकत्व र गति दुबै बढायो ।

हेनरी फोर्डले सन् १९१३ मा एसेम्बली लाइनको प्रयोगले उत्पादन समय र लागतलाई उल्लेखनीय रूपमा घटाएर अटोमोबाइल निर्माणमा क्रान्ति ल्याएका थिए । फोर्डको मोडेल ‘टी’ पहिलो किफायती ठूलो मात्रामा उत्पादित अटोमोबाइल बन्यो, जसले यातायात र उपभोग गर्ने संस्कृति परिवर्तन गर्‍यो ।

इन्डस्ट्री ३.० या डिजिटल क्रान्तिको युग

तेस्रो औद्योगिक क्रान्तिका रुपमा चिनिएको इन्डस्ट्री ४.० को प्रमुख विशेषताका रुपमा डिजिटलाइजेसन रहन पुग्यो । यस युगको सुरुवात २०औं शताब्दीको अन्ततिर भएको पाइन्छ । यस समयमा उत्पादकत्व र गति बढाउन कम्प्युटर, इलेक्ट्रोनिक्स र स्वचालित यन्त्रहरूको व्यापक रुपमा प्रयोग भएको पाइन्छ । यस समयका मुख्य आविष्कारहरूमा प्रोग्रामेबल लजिक कन्ट्रोलर (पीएलसी), कम्प्युटर-एडेड डिजाइन (क्याड) र रोबोटिक्सलाई लिन सकिन्छ । यस युगमा सूचना प्रविधि र इन्टरनेटको उदय पनि समावेश छ ।

कम्प्युटर र इलेक्ट्रोनिक्सको उदयले उत्पादनमा स्वचालन र डिजिटल डाटाको प्रयोग हुन थाल्यो । सामानहरू कसरी डिजाइन, नियन्त्रण र सञ्चार गर्ने भन्ने विषयमा यसले क्रान्ति नै ल्यायो । सेमिकन्डक्टर उद्योगले इन्डस्ट्री ३.० को प्रगतिको उदाहरण प्रस्ट पार्छ । इन्टिग्रेटेड सर्किट (आईसी) र माइक्रोप्रोसेसरहरूको विकासले कम्प्युटर, स्मार्टफोन र उपभोग्य इलेक्ट्रोनिक्स जस्ता इलेक्ट्रोनिक उपकरणहरूको लघुकरण र ठूलो मात्राको उत्पादनलाई सक्षम बनायो ।

इन्डस्ट्री ४.० या स्मार्ट निर्माणको युग

चौथो औद्योगिक क्रान्तिलाई इन्डस्ट्री ४.० का रुपले चित्रण गर्ने गरिन्छ । २१औं शताब्दीबाट सुरु भएको यो हालको अवस्था हो । डिजिटल प्रविधिहरू, अटोमेशन र डाटा एनालिटिक्सको समीश्रणमा स्मार्ट फ्याक्ट्रीहरु र सप्लाइ चेनको निर्माण गरिएको हुन्छ । इन्डस्ट्री ४.० मा कृत्रिम बुद्धिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगले ‘रियलटाइम अप्टिमाइजेशन’मा सक्षम स्वायत्त उत्पादन प्रणाली सम्भव हुन्छ । थ्रीडी प्रिन्टिङ र स्वचालित गाडीहरु इन्डस्ट्री ४.० का केही आविष्कारमध्येमा पर्छन् ।

औद्योगीकरणको विस्तारसँगै श्रम शोषणमा पनि तीव्रता आउन थाल्यो । दोस्रो औद्योगिक क्रान्तिको समयमा समाजवादीहरूले श्रम अधिकार, कामको अवस्थामा सुधार र सामाजिक असमानतालाई सम्बोधन गर्न सरकारी हस्तक्षेपको वकालत गरे ।

स्मार्ट कारखानाहरूमा मेसिन, सेन्सर र उत्पादन प्रणालीहरू आईओटी अर्थात् इन्टर्नेट अफ थिंग्समार्फत एक-अर्कासँग जोडिएका हुन्छन्, जसले वास्तविक-समय अनुगमन, डेटा सङ्कलन र विश्लेषणलाई सक्षम बनाउँछ । यसले भविष्यमा कुन समयमा मर्मत आवश्यक पर्छ, त्यसको आँकलन आजै गर्नसक्ने अवस्था, चाहिएको समयमा उत्पादनलाई सक्षम बनाउने र आवश्यकअनुसार उत्पादनलाई परिमार्जन गर्नसक्ने कुरालाई सम्भव बनाउँछ ।

पहिलो औद्योगिक क्रान्तिको समयमा, कठोर कार्य अवस्था र कारखानाहरूमा श्रम शोषणको प्रतिक्रियाको रूपमा समाजवादले आकार लिन थाल्यो । यस समयमा कार्ल माकर््स र फ्रेडरिक एंगेल्स जस्ता समाजवादी विचारकहरूले उत्पादनका साधनहरूको सामूहिक स्वामित्व र सम्पत्तिको पुनर्वितरणको लागि तर्क गर्दै पूँजीवादी व्यवस्थाविरुद्ध विचार प्रतिपादन गरे । तिनै विचारले आज पनि समाजवादी आन्दोलनको जगको रुपमा काम गरिरहेको छ ।

औद्योगीकरणको विस्तारसँगै श्रम शोषणमा पनि तीव्रता आउन थाल्यो । दोस्रो औद्योगिक क्रान्तिको समयमा समाजवादीहरूले श्रम अधिकार, कामको अवस्थामा सुधार र सामाजिक असमानतालाई सम्बोधन गर्न सरकारी हस्तक्षेपको वकालत गरे । केही देशहरूमा समाजवादी पार्टीहरूले शक्ति आर्जन गरे र राज्य सत्तामा स्थापित भएर विभिन्न कल्याणकारी कार्यक्रम लागू पनि गरे । उदाहरणका लागि यस अवधिमा युरोपमा समाजवादको उदयले सामाजिक लोकतान्त्रिक पार्टीहरूको स्थापना र विश्वव्यापी स्वास्थ्य सेवा र सार्वजनिक पेन्सन जस्ता नीतिहरूको कार्यान्वयनको नेतृत्व गर्‍यो ।

तेस्रो औद्योगिक क्रान्तिको अवधिमा समाजवादी आन्दोलनले मजदुर अधिकार र सामाजिक संरक्षणको आवश्यकतालाई जोड दियो । ट्रेड युनियनहरू र समाजवादी पार्टीहरूले स्वचालनको प्रयोग र परम्परागत उत्पादन तरिकाको पतनबाट उत्पन्न चुनौतीहरूलाई सामना गर्न उचित ज्याला, राम्रो कामको अवस्था र रोजगारी सुरक्षाको वकालत गरे । यस अवधिमा कल्याणकारी राज्यहरुको स्थापना पनि हुन थाल्यो र लोककल्याणकारी राज्यको सफलताको बहस विश्वभरिनै फेलियो ।

सरकारले उदीयमान प्रविधि र उद्योगहरूको नियमनमा विशेष हस्तक्षेप गर्नुपर्ने आवश्यक देखिन्छ । कृत्रिम बुद्धिमता जस्तो प्रविधिमा आएको विकासले तेस्रो औद्योगिक क्रान्तिभन्दा पनि उच्च तवरको समस्या श्रमको क्षेत्रमा देखिने निश्चित प्राय छ ।

चौथो औद्योगिक क्रान्तिको अवस्थामा समाजवादी आन्दोलनले सम्पत्ति पुनर्वितरण, प्रगतिशील कर, विश्वव्यापी आधारभूत आय र निर्णय प्रक्रियामा श्रमिकको सहभागिता जस्ता नीतिहरूको वकालत गरिरहेको पाइन्छ । सरकारले उदीयमान प्रविधि र उद्योगहरूको नियमनमा विशेष हस्तक्षेप गर्नुपर्ने आवश्यक देखिन्छ । कृत्रिम बुद्धिमता जस्तो प्रविधिमा आएको विकासले तेस्रो औद्योगिक क्रान्तिभन्दा पनि उच्च तवरको समस्या श्रमको क्षेत्रमा देखिने निश्चित प्राय छ । श्रम सम्बन्धमा आउने परिवर्तनसँगै यसले समाजवादी आन्दोलनको स्वरूपमा पनि परिमार्जनको आवश्यकता झल्काउँछ । इन्डस्ट्री ४.० र सोसाइटी ५.० को उदयसँगै समाजवादी आन्दोलनले निम्न बुँदाहरूलाई आत्मसात गर्न अत्यावश्यक भइसकेको छ-

  • स्वचालन र कृत्रिम बुद्धिमताका कारण रोजगारीको विस्थापनलाई सम्बोधन गर्ने नीतिहरूको वकालत अबको समाजवादी आन्दोलन गर्नु आवश्यक छ । क्षमता अभिवृद्धि तालिमहरू, न्यूनतम आयको ग्यारेन्टी र विश्वव्यापी आधारभूत आम्दानीको प्रवर्द्धन यसका केही उपाय हुन सक्छन् ।
  • प्रविधिको विकासले सृजना गर्ने सम्पत्तिले सम्पूर्ण समाजलाई फाइदा पुर्‍याउने किसिमको नीतिका लागि वकालत गर्नुपर्छ । प्रगतिशील कर एउटा उदाहरण हुन सक्छ ।
  • गिग अर्थ व्यवस्था अर्थात् प्लेटफर्ममा आधारित कामदारहरूको उचित ज्याला, जागिरको सुरक्षा र युनियन अधिकारको मुद्दा अबको समाजवादी आन्दोलनको हुन सक्छ ।
  • सहकारी मोडेल आजभन्दा बढी आवश्यक पहिले कहिल्यै थिएन होला । नाफाको निष्पक्ष वितरण सुनिश्चित गर्न श्रमिक सहकारी र कर्मचारीहरूको स्वामित्वमा रहेका व्यवसायहरूको मोडेल समाजवादी आन्दोलनले अझ जोडदारका साथ उठाउन आवश्यक छ ।
  • द्रुत प्राविधिक परिवर्तनद्वारा विस्थापितहरूलाई समर्थन गर्ने किसिमको सामाजिक सुरक्षाको नीतिको वकालत गर्न आवश्यक छ ।
  • निःशुल्क र पहुँचयुक्त शिक्षा तथा प्रशिक्षण, जसले मानिसहरूलाई प्राविधिक रूपमा उन्नत समाजमा फस्टाउन आवश्यक सीपहरू प्रदान गर्छ, त्यस्तो मुद्दाको वकालत आवश्यक छ ।
  • जनचेतना र मिडिया (आमसञ्चार र सामाजिक सञ्जाल)मार्फत श्रमिक र समुदायहरूमा इन्डस्ट्री ४.० र सोसाइटी ५.० को प्रभावबारे सचेतना जगाउनु पनि समाजवादीहरूको दायित्व हो ।

समग्रमा भन्नुपर्दा इन्डस्ट्री ४.० र सोसाइटी ५.० मा प्राविधिक प्रगतिले सृजित लाभहरू समान रूपमा वितरण गरी न्यायपूर्ण र समावेशी समाजतर्फको यात्राको लागि समाजवादी आन्दोलनले आफू र आफ्ना मुद्दालाई समायोजन गर्न आवश्यक छ । जुन गतिमा प्रविधिको विकास र समाजमा परिवर्तन भइरहेको छ, त्यही गतिमा समाजवादी आन्दोलनले आफ्नो मुद्दालाई समायोजन र परिमार्जन गर्न सकेन भने आउँदा दिनहरू डाटा क्यापिटलिजममा आधारित सामन्तवादले नेतृत्व नगर्ला भन्न सकिन्न ।

(लेखक नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी प्रमुख हुन् ।)


प्रतिक्रिया

One thought on “इन्डस्ट्री ४.० मा समाजवादी आन्दोलनले लिनुपर्ने बाटो

  1. सरल शब्दावलीबाट गहन बिषयमा स्पष्ट गरिएको लेख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *