नवलपरासीमा सञ्चालित विभिन्न आयोजनाका सरोकारवालाबीच छलफल – Nepal Press

नवलपरासीमा सञ्चालित विभिन्न आयोजनाका सरोकारवालाबीच छलफल

रूपन्देही । सरकारी कार्यालयमार्फत पश्चिम नवलपरासीमा सञ्चालित विभिन्न आयोजनाहरुको सरोकारवालाबीच छलफल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा जिल्लामा सञ्चालित विकास निमार्णका कार्यहरुको पछिल्लो अवस्था र आगामी योजनाबारे छलफल गरिएको थियो ।

छलफलमा सहभागी हुँदै संघीय सांसद बिनोद चौधरीले जिल्लामा सरकारी निकायबाट संचालनमा आएका हरेक योजनाहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले विभिन्न विकास निमार्णको काम गर्न निजी निमार्ण कम्पनीहरुले ठेक्का लिएपनि समयमै विकास आयोजनाहरुको काम गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरे ।

सोही अवसरमा सहभागी भएका पूर्व सांसद एवम् पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलले एकद्धार प्रणालीबाट बिकास निमार्णको काम अघि बढाउनुपर्ने बताए ।

छलफलको क्रममा जिल्लामा कार्यालय नरहेका प्रदेश अथवा संघीय कार्यालय मातहात रहेका कार्यालयहरुको जिल्लामा नै कार्यालय स्थापना गर्न पहल गर्ने, जिल्लामा संचालित ठूला विकासका निमार्णका आयोजनाहरुको काम समयमै समपन्न गर्न आवश्यक समन्वय गर्ने, सवै कार्यालयको ब्यवस्थित कार्य योजना तयार गर्ने , आगामी बर्षको बजेट ब्यवस्थापनका लागि संघीय सरकार र प्रादेशिक सरकार संग पहल गर्ने , रसायनिक मलको समस्या समाधान गर्न आवश्यक स्थानमा पहल गर्ने लगायतका विषयवस्तुमा छलफल केन्द्रित रहेको थियो ।

सो अवसरमा प्रदेशसभा सदस्यद्वय बैजनाथ जयसवाल, देवकरणप्रसाद कलवार सन्तु , जिल्ला समवन्य प्रमुख भगौती यादव, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, विभिन्न पालिकाका प्रमुखहरु, सरोकारवाला कार्यालयका प्रमुखहरु लगायतका अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर