क्रियाशील विवाद टुंग्याउन कांग्रेस बैठक बस्दै – Nepal Press

क्रियाशील विवाद टुंग्याउन कांग्रेस बैठक बस्दै

काठमाडौं । क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न कांग्रेसका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दैछन् । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा २ बजेपछि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले टुंग्याउन नसकेका विवाद र समायोजन समितिको निर्णयका आधारमा बाँडिएको क्रियाशील सदस्यताबारे छलफल हुने जनाइएको छ । यसअघि शीर्ष नेताहरुले ५ दिनमा विवाद टुंग्याउने भनेपनि समय घर्किसकेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समायोजनका नाममा मनपरी ढंगले सदस्यता बाँडिएको आरोप लगाउँदै आएको छ । पौडेल पक्षले वडा तहदेखि नै सिफारिस भएर नआएका क्रियाशील सदस्यता स्वीकार्न नसकिने बताउँदै आएको छ । संस्थापन पक्षले भने समायोजन समितिमा सहमति भइसकेको विषयमा विवाद झिकिएको दावी गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर