कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन – Nepal Press

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले प्राधिकरणको सुधार र जनताको चाहनाअनुसार घिसिङलाई जिम्मेवारी दिने प्रक्रिया थाल्न मन्त्री भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको स्रोतले बताएको छ ।

यसअघि ४ वर्ष विद्युत प्राधिकरणको बागडोर सम्हालेका कुलमानले दैनिक ६ घण्टा पनि नआउने बिजुलीमा उल्लेख्य सुधार गरी लोडसेडिङ अन्त्य गरेका थिए ।

गत भदौ २८ मा कार्यकाल सकिएपछि उनलाई नै दोहोर्‍याउन केहि आवाजहरू उठेका थिए ।


प्रतिक्रिया

One thought on “कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन

Leave a Reply to Ram Chandra Gurung Cancel reply

Your email address will not be published. Required fields are marked *