जनकपुरमा बाबुरामविरुद्ध प्रदर्शन – Nepal Press

जनकपुरमा बाबुरामविरुद्ध प्रदर्शन

जनकपुरधाम । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै जनकपुरमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन भएको छ ।

विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानका कार्यकर्ताले जनकपुरको जनक चोकमा प्रदर्शन गरेकाे हो । प्रदर्शनका क्रममा भट्टराईको पुत्लासमेत जलाइएको थियो ।

डा. भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न रहे पनि पार्टीले कारबाही नगरेकोमा असन्तुष्ट बनेका जसपा विद्यार्थी संगठन वीरगन्जका ११ जनाले हिजो नै राजीनामा दिएका थिए ।

भट्टराईले सामाजिक सञ्जलमार्फत् हिन्दू धर्ममाथि विवादित अभिव्यक्ति सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर