अफगानिस्तानमा मारिएका फोटो पत्रकारको स्मृतिमा दीप प्रज्वलन – Nepal Press

अफगानिस्तानमा मारिएका फोटो पत्रकारको स्मृतिमा दीप प्रज्वलन

काठमाडौं । अफगानिस्तानको कान्दाहार क्षेत्रमा मारिएका भारतीय फोटोपत्रकार दानिश सिद्धिकीको सम्झनामा नेपाली फोटो पत्रकारले दीप बालेका छन् ।

पुलित्जर पुरस्कार विजेता सिद्धिकीको साउन १ मा तालिवान विद्रोही र सुरक्षाकर्मीको भीडन्तमा मृत्यु भएको थियो । उनी समाचार एजेन्सी रोयटर्समा कार्यरत थिए ।

सिद्धिकीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीजे क्लबको आयोजनामा स्वयम्भू क्षेत्रमा फोटो पत्रकारहरूले दीप प्रज्वलन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर