मध्य पहाड र चुरे हुँदै बग्ने नदीमा बहाब बढ्न सक्ने, सर्तकता आवश्यक – Nepal Press

मध्य पहाड र चुरे हुँदै बग्ने नदीमा बहाब बढ्न सक्ने, सर्तकता आवश्यक

काठमाडौं । शनिबार देशभरका प्रमुख नदिहरू- कोशी, नारायणी, कर्णाली र महाकाली नदिको बहाब सामान्य रहेको बताउँदै मध्य पहाड र चुरे भएर बग्ने नदीमा आकस्मिक बहाब बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

देशभर सामान्य वर्षा भइरहे पनि मुख्य नदीहरूबाट ठूलो खतरा नरहेको समेत महाशाखाले जानकारी दिएको छ ।

यद्यपि, प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्य पहाड र चुरे भएर बग्ने नदीमा कुनै पनि बेला आकस्मिक बहाब बढ्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।

जसको कारण तटीय क्षेत्र र डुबान भइरहने स्थानका मानिसलाई सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।

‘प्रदेश १ को ताप्लेजुङ,सोलुखम्बु, संखुवासभा ओखलढुङ्गा, खोटाङ, पाँचथर, उदयपुर, झापा, ईलाम, सुनसरी, मोरङ, प्रदेश २ को सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सा, बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काठमाण्डौ, नुवाकोट, रसुवा, काभ्रपलाञ्चोक, धादिङ, सिन्धुली, गण्डकी प्रदेशको तनहुँ, लमजुङ, गोरखा, नवलपुर, म्याग्दी, बाग्लुङ, कास्की लुम्बिनी प्रदेशको पाल्पा, रुकुम पूर्व, बर्दिया, बाँके, दाङ, प्युठान कर्णाली प्रदेशको सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, दैानलेख, हुम्ला, मुगु, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, कञ्चनपुर, कैलाली, डोटी, अछाम, डडेल्धुरा, बैतडी, बाजुरा र आसपास जिल्ला भई बहने स-साना नदीहरुमा बहाब बढ्ने
र केहीमा आकस्मिक वहाव (Flash Flood) हुन सक्ने पुर्वानुमान छ,’ महाशाखाले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *