बुर्लाकोटी र तिवारीलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय – Nepal Press

बुर्लाकोटी र तिवारीलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ एक र प्राविधिकतर्फ एक गरी दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रशासनतर्फ एक नम्बरमा सिफारिस भएका मधुसुधन बुर्लाकोटी र प्राविधिकतर्फ पनि एक नम्बरमा सिफारिस भएका शुशिल चन्द्र तिवारी बढुवा भएको एक मन्त्रीले बताए । बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव थिए ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि बुर्लाकोटी,  कृष्णहरी पुष्कर र खगेन्द्र प्रसाद नेपालको नाम सिफारिस गरेको थियो । यस्तै प्राविधिकतर्फ पनि बढुवा समितिले तिवारी, गोपाल सिग्देल र राजेन्द्र प्रसाद खनालको नाम सिफारिस गरेको थियो ।

बुर्लाकोटी र तिवारीको नाम यसअघि दुई पटक बढुवाका लागि सिफारिस भइसकेको थियो । उनीहरु बढुवा भएसँगै रिक्त रहेका संघीय मन्त्रालय तथा प्रदेश प्रमुख सचिवमा पदस्थापन हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर