आन्तरिक उडानमा ५० प्रतिशत अकुपेन्सी हटाउन सरकारसँग माग – Nepal Press

आन्तरिक उडानमा ५० प्रतिशत अकुपेन्सी हटाउन सरकारसँग माग

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले आन्तरिक उडानमा ५० प्रतिशत अकुपेन्सीको व्यवस्था हटाउन सरकारसँग माग गरेको छ ।

संघले आइतबार पर्यटनमन्त्री लीलानाथ श्रेष्ठलाई मागपत्र बुझाउँदै उडान संख्या बढाउन र पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने व्यवस्थाका लागि अनुरोध गरेको हो ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको हस्ताक्षरमा पेस गरिएको माग पत्रमा हवाई उडानबाट कोरोना संक्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनबाट पुष्टि भइसकेको भन्दै ५० प्रतिशत अकुपेन्सीमा सेवा दिँदा खर्च बढ्नेसमेत उल्लेख छ ।

सहज र संक्रमण रहित तरिकाले पूर्ण स्वास्थ्य मापदण्डका साथ उडान संचालन गर्नेमा आफुहरू प्रतिबद्ध रहेको संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर