जातीय छुवाछुतविरुद्ध गोरखामा कालोपट्टी बाँधेर प्रदर्शन – Nepal Press

जातीय छुवाछुतविरुद्ध गोरखामा कालोपट्टी बाँधेर प्रदर्शन

गोरखा । जातीय छुवाछुतविरुद्ध गोरखा सदरमुकाममा दबाबमुलक प्रदर्शन भएको छ ।

रुपा सुनारदेखि जातीय विभेदकारी सबै घटनाका दोषीलाई कानुनी कारबाहीको माग गर्दै आइतबार जिल्ला सदरमुकाममा संयुक्त सचेत दलित संघर्ष समितिले कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो ।

‘जातीय भेदभाव, छुवाछुत र कसुर सजाय ऐन अक्षरस पालना गर, शब्द र बोलीमा होइन व्यवहारमा लागू गर, समाज बदल्न आफ्नो घरबाट सुरु गरौं, मेरो लडाइँ छुवाछुत विरुद्धको हो, आवाज उठाऊ युवाहरु, हामी नबोले को बोल्ने, उठ युवा जाग अब जातीय विभेद अन्त्य गरौँ, दलित समुदायप्रति भेदभाव बन्द गर, मानव भएर आखिर कहिलेसम्म मानव हुनलाई नै संघर्ष गर्नुपर्ने’ प्रदर्शनमा सहभागीले प्ले कार्डसहित नारा लगाएका थिए ।

‘जातीय विभेद हट्न नसकेका कारण अब विभेद सहेर भन्दा पनि विरोध गरेर दबाबमूलक विरोध कार्यक्रम गरिएको अभियन्ता आनन्द नेपालीले बताए ।

यस्ता घटनामा प्रहरी प्रशासनले पीडितका उजुरीसमेत लिन अस्विकार गर्ने कार्यले पीडितको न्यायको लािग समेत राज्य व्यवस्था उदासिन रहेको अभाष भएको नेपालीले बताए । युवा अभियानता सुमित्रा मङ्ग्राती र आसा उपरकोटीको संयोजनमा विरोध प्रर्दशन भएको हो ।

केहि दिन अघि मात्र काठमाडौंमा रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको तथा भिमसेन थापा गाउँपालिकाको बोर्लाङमा पशु सेवा कार्यालयबाट खटिएका कर्मचारीलाई खोप लगाउने जस्तो कार्यमा विभेद गरिएको लगायतका प्रतिनिधिमूलक घटनाले सिंगो राज्यको नीति तथा दलित समुदायप्रतिको राज्यको धारण के छ भन्ने सवालमा समेत चुनौती देखिएको संघर्ष समितिले जनाएको छ ।

दलित समुदायको हकहितको संरक्षणका सवालमा पूर्णरुपले प्रतिवद्ध छ भन्ने प्रत्याभूत गराउन पनि संघर्ष समितिले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर