नोकियासँगको सहकार्यमा सुबिसुले जडान गर्‍याे ‘ब्रोडव्याण्ड’ – Nepal Press

नोकियासँगको सहकार्यमा सुबिसुले जडान गर्‍याे ‘ब्रोडव्याण्ड’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सुबिसु नेट प्रालि ले ‘नोकिया’सँगको सहकार्यमा ४०० जीबिपिएस क्षमताको सिंगल अप्टिकल फाईबर सोलुशन बिस्तार गरेको छ ।

सुबिसुको ब्रोडब्याण्ड पूर्व पश्चिम १५०० किलोमिटर फैलिएको छ । देशभरी बढ्दो ब्रोडब्याण्ड ईन्टरनेटको मागलाई सम्बोधन गर्न र उच्च गतिको ब्रोडब्याण्ड तथा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्न नोकियाले अत्याधुनिक सोलुसन उपलव्ध गराएको कम्पनीले जनाएको छ।

कम्पनीका रिटेल तथा कर्पोरेट ग्राहकलाई उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्न नोकियाले नेपालमा नै पहिलो पटक ४०० जीबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन उपलब्ध गराएको हो ।

४०० जीबीपिएस सिंगल फाइबरयुक्त ‘नोकिया१८३०’ फोटोनिक सर्भिस स्विच प्लेटफार्म अफरिङ्ग  फोटोनिक सर्भिस ईन्जिन गरी दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिसँग दशैभर जडान गरिएको कम्पनीले जनाएको छ । यस समाधानले कम्पनीले सिङ्गल फाइवरको माध्यमबाट पनि ‘मल्टि टेराविट’ क्षमताको नेटवर्क सजिलै उपलब्ध गराउन सक्ने कम्पनीले जनएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर