कर्णालीका तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन एमालेको निर्देशन – Nepal Press

कर्णालीका तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन एमालेको निर्देशन

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारमा सहभागी तीन मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ ।

शुक्रबार बसेको बैठकले सरकारमा सहभागी अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि उनीहरु सरकारमा गएका थिए ।

माधव नेपाल पक्षका उनीहरुलाई एमालेले कारबाही गरेपछि पदमुक्त भएका थिए । सर्वोच्च अदालतले उनीहरुलाई पुनर्बहाली गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर