कोभिड पुन:स्थापना साझेदारीका लागि वागमतीका सांसदलाई २ अर्ब ४२ करोड – Nepal Press

कोभिड पुन:स्थापना साझेदारीका लागि वागमतीका सांसदलाई २ अर्ब ४२ करोड

काठमाडौं । वागमती प्रदेश सरकारले विगतमा सांसदहरूलाई दिँदै आएको प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त कार्यक्रमको सट्टा ‘ प्रदेश स्वास्थ्य पूर्वाधार प्रवर्द्धन तथा कोभिड पुन:स्थापना साझेदारी कार्यक्रम’ को घोषणा गरे ।

यस कार्यक्रमका लागि सांसदहरूलाई २ अर्ब ४२ करोडको व्यवस्था गरिएको छ ।

उद्योग तथा व्यवसायलाई निषेधाज्ञा हटेको २ महिनासम्म कर र नवीकरण गर्दा जरिवाना नलिने पनि ढुंगेलले बताए । निषेधाज्ञा खुलेको ६० दिनभित्र कर तिर्दा जरिवाना नलाग्ने प्रदेश सरकारको घोषणा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *