सेती अस्पताललाई ५ सय अक्सीजनसहितको सिलिण्डर हस्तान्तरण – Nepal Press

सेती अस्पताललाई ५ सय अक्सीजनसहितको सिलिण्डर हस्तान्तरण

धनगढी । हरिप्रिया प्रकाश फाउण्डेसनले सेती प्रादेशिक अस्पताललाई ५ सय वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । सुदरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत फाउण्डेसनले ५ सय अक्सीजन सिलिण्डर भरेर अस्पताललाई उपलब्ध गराएको हो ।

नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीको अगुवाईमा फाउण्डेसनले सुदुरपश्चिम प्रदेशमा १ हजार ८ सय सिलिण्डर वितरण गर्दैछ । ‘हामीले सुदुरपश्चिम प्रदेशमा १८ सय अक्सिजन सिलिण्डर वितरण गर्ने क्रममा सेती अस्पताललाई ५ सय थान उपलब्ध गराएका हौं’, युवा नेता भण्डारीले भने ।

मुख्यमन्त्री भट्टले जनताको जीवनसंग जोडिएको सेवा उपलब्ध गराएकोमा फाउण्डेसनलाई धन्यवाद दिए । नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले युवा नेता भण्डारीको अग्रसरताले कांग्रेसको प्रतिष्ठा बढेको भन्दै फाउण्डेसनलाई धन्यवाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर