कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधिको कर्मचारीकाे विवरण पठाउन स्थानीय तहलाई परिपत्र – Nepal Press

कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधिको कर्मचारीकाे विवरण पठाउन स्थानीय तहलाई परिपत्र

काठमाडौं । सरकारले कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधि र कर्मचारीको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गर्दै विवरण माग गरेको हो ।

स्थानीय तहमा कोभिड–१९ का कारण मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीको विवरण कतिपय स्थानीय तहले अझै पनि यथार्थ रुपमा अध्यावधिक नगरेको वा नभरेको भन्दै यस अघि मृत्यु भएका जनप्रनिधि तथा कर्मचारीको विवरण अध्यावधिक गरेर पठाउन आग्रह गरेको हो । मन्त्रालयले यसका लागि बैशाख २८ गते नै पत्र पठाइसकेको जानकारी गराउदैँ पत्रबाट माग भएका विवरण नपठाएकाले पुनः परिपत्र गरेको पनि जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *