संवैधानिक इजलासमा दुई न्यायाधीशले आफ्नो लिखित राय सुनाउने – Nepal Press

संवैधानिक इजलासमा दुई न्यायाधीशले आफ्नो लिखित राय सुनाउने

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६(५) वमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरुमाथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलास आज बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण दुई दिन स्थगित भएको इजलास आज बस्न लागेको हो । आज दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु इजलासमा बस्न नमिल्ने भनी सरकार पक्षले दिएको निवेदनमाथि आफ्नो लिखित राय पेश गर्ने भएका छन् ।

दुवै न्यायाधीशले यसअघि इजलासमा रहेका न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठका सन्दर्भमा गरेका आदेश र मुद्दाका सन्दर्भमा एक पक्ष लिएको भन्दै महान्यायाधिवक्ता रमेश बडालसहित सरकार पक्षका कानुन व्यवसायीले निष्पक्ष न्यायमा शंका गर्दै उनीहरुले इजलास छाड्नु उपयुक्त हुने जिकिर गरेका थिए ।

सोही विवादका कारण संवैधानिक इजलास नियमित सुनुवाइमा प्रवेश गर्न सकेको छैन । सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश कार्की र भट्टराईले आफूहरुमाथि उठेका प्रश्नको सन्दर्भमा लिखित राय तयार पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर