निवर्तमान अध्यक्षलाई हराउँदै एमाले बर्दियाको अध्यक्ष शालिकराम अधिकारी विजयी – Nepal Press

निवर्तमान अध्यक्षलाई हराउँदै एमाले बर्दियाको अध्यक्ष शालिकराम अधिकारी विजयी

रुपन्देही । नेकपा एमाले बर्दियाको १० औं अधिवेशनबाट शालिकराम अधिकारी निर्वाचित भएका छन् । उनले प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले पराजित गरेका हुन् । अधिकारी निवर्तमान उपाध्यक्ष हुन् भने श्रेष्ठ निवर्तमान अध्यक्ष हुन् ।

यद्यपि यसलाई निर्वाचन समितिले घोषणा गरेको छैन । नयाँ नेतृत्वका लागि बुधबार बिहानै उम्मेदवारी दर्ताको सबै काम भएपनि बुधबार रातभर लगाएर मतदान भएको थियो । बिहान ६ बजे मात्र मतदान सकिएको हो ।

मंगलबार सुरू भएको १० औं अधिवेशनको बन्द सत्रपछि बुधबार बिहानै १० बजेभित्रै नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता भएको थियो । नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग–अलग प्यानल बनेर निर्वाचनमा गएका थिए।

श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री उपसचिव लहानु थारू, मन्जु शर्माले उम्मेदवारी छन् भने अधिकारी प्यानलबाट उपाध्यक्षमा दुर्गाबहादुर वली, सचिवमा पदम ढकाल, उपसचिवमा जीवन शाही, संगीता थारु मैदानमा गएका हुन् । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

अधिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकामा ३६० जनाले मतदान गरेका थिए। अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ ।

निर्वाचनमा एक उपसचिवबाहेक सबै अधिकारी प्यानलले जितेको हो । अध्यक्षमा अधिकारीले १८० मत ल्याउँदा श्रेष्ठले १७० मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा दुर्गाबहादुर वलीले १७९ मत ल्याएर विजयी भएका छन् उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याएका छन् ।

सचिवमा पदमराज ढकालले १७६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नैनबहादुर खत्रीले १६८ मत ल्याएका थिए । उपसचिव खुल्लामा लालबहादुर प्यानलका लहनु थारूले १७८ मत ल्याएर विजयी हुँदा अधिकारी प्यानलका जीवन शाहीले १५८ मत ल्याएका छन् ।

महिला उपसचिवमा सगीता थारूले १८८ मत ल्याएर विजयी हुँदा मन्जु शर्माले १५१ मत ल्याएकी छन् । अन्य सदस्यहरूको मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर