राष्ट्रपतिबाट बजेटसम्बन्धी अध्यादेश जारी – Nepal Press

राष्ट्रपतिबाट बजेटसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।

यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो खुलेको छ ।

प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदैछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर