प्रधानमन्त्री ओलीद्वारा जी-सेभेन र जी-ट्वान्टी मुलुकलाई अन्तर्राष्ट्रिय उत्तरदायित्व वहन गर्न आग्रह – Nepal Press

प्रधानमन्त्री ओलीद्वारा जी-सेभेन र जी-ट्वान्टी मुलुकलाई अन्तर्राष्ट्रिय उत्तरदायित्व वहन गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी खोपको समानुपातिक वितरणमा जोड दिन जी-७ र जी-२० मुलुकहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको समानुपातिक वितरण नहुँदा नेपालजस्ता विकाशसिल मुलुक यसको मारमा परेको समेत बताए ।

‘जी-सेभेन र जी-ट्वान्टी मुलुकहरुले अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्न जरुरी छ’ प्रधानमन्त्रीले भने, ‘सबैजना सुरक्षित नभैकन कोही पनि सुरक्षित हुन सक्दैन ।’

नेपालमा अनुदानबाट ३२ लाख २८ हजार डोज र खरिदबाट १० लाख डोजसहितको खोप अभियान अघि बढेको जानकारी ओलीले दिए । पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिने कुरामा ढुक्क हुन समेत प्रधानमन्त्रीले आग्रह गरे ।

महामारीविरुद्ध लडिरहेका र फ्रन्टलाइनमा खटिएकाहरुको सुरक्षामा सरकार प्रतिबद्ध रहेको जानकारी दिँदै प्रधानमन्त्रीले चिकित्सकमाथिको आक्रमण दण्डनीय भएको समेत बताए ।

कोभिड-१९ को कारण ज्यान गुमाउनेप्रति प्रधानमन्त्रीले दुःख समेत व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर