बहराइन राजकुमारलाई परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बधाई – Nepal Press

बहराइन राजकुमारलाई परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बधाई

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेको बहराइन राजकुमारको आरोही दललाई नेपालले बधाइ दिएको छ ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजकुमार शेख मोहम्मद अल खलिफालाई बधाइ व्यक्त गरे ।

सफल आरोहणले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बनेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गतसाता बहराइन आरोही टोलीले सर्वोच्च शिखर चढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर