माओवादी केन्द्रले भन्यो- संसद विघटन गर्ने तयारीमा राष्ट्रपति र प्रधानमन्त्री लागे – Nepal Press

माओवादी केन्द्रले भन्यो- संसद विघटन गर्ने तयारीमा राष्ट्रपति र प्रधानमन्त्री लागे

काठमाडौं । नेकपा (माओवादी केन्द)ले नयाँ सरकार गठनका लागि सिधै संविधानको धारा ७६ (५) प्रयोग गर्नुलाई संसद विघन गर्ने प्रधानमन्त्री र सरकारको तयारी रुपमा अर्थ्याएको छ।

‘धारा ७६(३)को सरकारले उपधारा ४ प्रयोग गर्नुपर्ने हो,’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेपाल प्रेससँग भने, ‘त्यो प्रयोग नगरिकनै एकैचोटी उपधारा ५ मा जम्प गरे।’

उपधारा ५ अनुसार पनि नयाँ सरकार गठन गर्न निकै छोटो समय दिनुको उदेश्य नयाँ सरकार गठन नहोस् भन्ने रहेको गुरुङको दावी छ। ‘उपधारा ५ का लागि पनि जुन ‘टाइमफ्रेम’ तोकिएको छ, यो सरकार बन्न नसकोस् भन्ने उदेश्यबाट अभिप्रेरित भएको देखिन्छ,’ उनको भनाइ छ, ‘सरकारको नियत त्यति राम्रो छैन् । जसरी भए पनि संसद विघटन गर्ने तयारीमा उहाँहरु (राष्ट्रपति र प्रधानमन्त्री) हुनुहुन्छ ।’


प्रतिक्रिया

One thought on “माओवादी केन्द्रले भन्यो- संसद विघटन गर्ने तयारीमा राष्ट्रपति र प्रधानमन्त्री लागे

  1. प्रम केपी ओलीले संसदबाट विश्वासको मत प्राप्त नहुने स्वीकार गरिसके र विपक्षीलाई सरकार बनाउने बाटो दिइसके । उनले त हार स्वीकार गरिसके त । अहिलेको सरकार कामचलाउ मात्र हो । हामीले यसरी बुझ्दा राम्रो हुन्छ । संसदमा कायम रहेको मतको बहुमत प्राप्त सांसद प्रम बन्ने बाटो खुलिसकेको छ । अब लाग्ने त्यतातिर हो । विभिन्न बहानाभन्दा पनि भोलि शेरबहादुर, माधव, प्रचण्ड, झलनाथ, बाबुराममध्ये एक जनामा सहमति जुटाएर दाबा पेश गर्ने हो भने पर्सि नेकपा एमाले प्रमुख प्रतिपक्षमा पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर