इजरायली प्रधानमन्त्रीसँग नेपाली राजदूतको आग्रह : गाजा क्षेत्रमा शान्त कायम होस् – Nepal Press

इजरायली प्रधानमन्त्रीसँग नेपाली राजदूतको आग्रह : गाजा क्षेत्रमा शान्त कायम होस्

तेलअभिभ । इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले इजरायल र प्यालेस्टाइनबीच शान्ति कायम हुनुपर्ने बताएकी छिन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विदेशमन्त्रीसँग कूटनीतिज्ञहरुको भेटमा राजदूत शाक्यले उक्त आग्रह गरेकी हुन् ।

नेपाल शान्ति पक्षधर मुलुक भएकाले तत्काल शान्ति बहाली हुनुपर्ने कुरामा आफूले जोड दिएको दूतावासले जनाएको छ । उनले प्रधानमन्त्री समक्ष इजरायलमा रहेका नेपालीको समस्यबारे पनि अवगत गराएकी थिइन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले गाजा क्षेत्रमा भैरहेको पछिल्लो तनावबारे कूटनीतिज्ञहरुसँग ब्रिफिङ मागेका थिए । दुई सातादेखि इजरायल र प्यालेस्टाइनीच गाजा क्षेत्रमा तनाव चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर