बिहीवारबाट भक्तपुरका सबै कार्यालय बन्द – Nepal Press

बिहीवारबाट भक्तपुरका सबै कार्यालय बन्द

भक्तपुर । कोभिड-१९ को संक्रमण नियन्त्रणमा नआएपछि भक्तपुर प्रशासनले जिल्ला स्थित सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज एक सूचना जारी गरी अत्यावश्यक बाहेकका सबै कार्यालयहरु निषेधाज्ञा अवधिभर बन्द गर्ने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईद्वारा जारी सार्वजनिक सूचनामा भनिएको छ- अत्यावश्यक बाहेकका सबै जिल्ला स्थित कार्यालयहरु बैशाख ३० गतेबाट बन्द गर्ने गराउने व्यवस्थाको लागि जानकारी गराईन्छ । अत्यावश्यक सेवाका कार्यालयहरु समेत न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न सूचनामा अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर