गण्डकीमा ६५३ संक्रमित थपिए, १३ को मृत्यु – Nepal Press

गण्डकीमा ६५३ संक्रमित थपिए, १३ को मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कास्कीका छन् । कास्कीका २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।

निर्देशनालयका कोरोना संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका ८६, स्याङजा १५, बागलुङ ५८, तनहुँ २२, लमजुङ ३७, गोरखा २२, पर्वत ५०, म्याग्दी ६३, मनाङ र मुस्ताङका १÷१ जना छन् ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २३ हजार ८ सय २ जना छन् । सक्रिय संक्रमितको संख्या ५ हजर ५३३ छ । जसमध्ये ३७ जनामात्रै अस्पतालमा उपचाररत छन् ।

गण्डकीमा सोमबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर