आफ्ना अक्सिजन सिलिण्डरको प्रयोग गर्न क्रसर व्यवसायीको अपील – Nepal Press

आफ्ना अक्सिजन सिलिण्डरको प्रयोग गर्न क्रसर व्यवसायीको अपील

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले अक्सिजनको सहज आपूर्तिका लागि सरकारलाई आफ्ना सिलिण्डर दिएर सहयोग गर्ने भएको छन् ।

महासंघले एक विज्ञप्ति जारी गर्दै आफ्ना उद्योगी व्यवसायीसँग भएका अक्सिजनका सिलिण्डरको प्रयोग गर्न सरकारसँग अपील गरेको छ ।

कोभिड १९ को नयाँ भेरियन्टका कारण मुलुकले बिपतको अवस्थामा रहेको भन्दै महासंघले संकटको घडीमा समाजप्रति उत्तरदायित्व बहन गर्न चाहाएको बताएको छ ।
आफ्ना उद्योगीसँग भएको अक्सिजनका खाली वा भरिएका सिलिण्डर प्रयोग गर्न सक्ने भनिएको छ।

अक्सिजनका सिलिण्डर जिल्ला प्रदेश तथा संघमा दर्ता गराइ स्थानीय सरकार प्रमुखलाई उपलव्ध गराउन तयार भएका हुन् ।                                                           


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर