एयर बबलबाट आउने भारतीय यात्रुलाई क्वारेन्टाइनका लागि होटल तोकियो – Nepal Press

एयर बबलबाट आउने भारतीय यात्रुलाई क्वारेन्टाइनका लागि होटल तोकियो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयर बबल सुविधाबाट नेपाल आउने भारतीय नागरिकलाई अनिवार्य १० दिन होटलमा क्वारेन्टिनमा बस्नु पर्ने निर्देशन जारी गरेको छ ।

पर्यटन मन्त्रालयले भारतीय यात्रु बस्नका लागि ८ वटा होटल पनि व्यवस्था गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मन्त्रालयले भारतीय नागरिकलाई क्वारेन्टाइनका लागि छुट्याएका होटलमा भ्यू भृकुटी गोदावारी, माधव होटल गुहेश्वरी एयरपोर्ट होटल, आमाडब्लम होटल गौशला, रिड्र्स होटल गौशाला, आनन्द आश्रम गौशाला, फार्म हाउस रिसोर्ट जगाती, २४, एवान रिसोर्ट जगती छन् । यी होटलमा भारतीय यात्रुलाई एयरपोर्टबाट होटलसम्म पुग्ने र खाना खानेको समेत व्यवस्था गरिएको छ ।

यात्रुले खान, बस्न, (लन्च र डिनर) सहित दिनको ३ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

यसमा नेपाल वायुसेवा निगम र एयर इन्डियाको समन्वयमा पर्यटन बोर्डले यात्रु विवरण लिएर प्रत्येक उडानका यात्रुलाई होटलसम्म पुर्‍याउन सहजीकरण गर्नेछ । यसैगरी, होटलमा बस्नेले नेपाल सरकारले तोकेको स्वास्थ मापदण्ड पालना गरे नगरेको पर्यटन बोर्ड र नेपाल प्रहरीले समेत निगरानी गर्नेछ ।

स्वास्थ मापदण्ड पालना नगरिएका भेटिएमा नेपाल सरकारले संक्रामण रोग ऐन २०२० बमोजिम कारवाही गरिने बताइएको छ ।


प्रतिक्रिया

One thought on “एयर बबलबाट आउने भारतीय यात्रुलाई क्वारेन्टाइनका लागि होटल तोकियो

  1. नेपाल सरकार यो कोरोना को महामारी मा हप्ता को २ उडान इंडिया मा गर्ने निर्णय गरेछ। दैनिक 4 लाख भन्दा बढी कोरोना संक्रमित हुने देशमा हप्ता को 2 पटक उडान अनि middle east लगायत अन्य प्राय शुन्य कोरोना संक्रमित भइरहेका देश हरु संग चाहिँ उडान बन्दअरे वा नेपाल सरकार वा। वैदेशिक रोजगार मा जाने आउने हरु को लागि सहजीकरण र ब्यवस्थापन गर्नु को साटो बन्द भने पछि भयो। मेरो june १ तारिक को उडान छ नेपाल जान को लागि UAE बाट। के मेरो लागि हप्ता मा २ वटा उडान गराउन सक्छस् सरकार?!!

Leave a Reply to Ganesh Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर