काठमाडौंस्थित विदेशी नियोगद्वारा ट्राभल-एड्भाइजरी जारी – Nepal Press

काठमाडौंस्थित विदेशी नियोगद्वारा ट्राभल-एड्भाइजरी जारी

काठमाडौं । नेपालमा कोभिड-१९ को बढ्दो महामारी र रोकथामका लागि लकडाउन गर्ने क्रम बढेपछि काठमाडौंस्थित विदेशी नियोगहरुले आफ्ना नागरिकहरुलाई ट्राभल एड्भाइजरी जारी गरेका छन् ।

उनीहरुले नेपालले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको, लकडाउन थालेको र संक्रमण ह्वात्तै बढेको भन्दै निर्देशन जारी गरेका हुन् । राजदूतहरुले सूचना र भिडियो सन्देशमार्फत सचेत गराएका छन् ।

काठमाडौंस्थित भारत, चीन, अमेरिका, फ्रान्स, अष्ट्रेलिया, रसिया, दक्षिण कोरियाली राजदूतावासले विज्ञप्ती जारी गर्दै ट्राभल एड्भाइजारी जारी गरेका हुन् ।

नेपालले २० गते मध्यरातदेखि आन्तरिक र २३ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । एयर-बबल सुविधाअन्तर्गत भारतसँग सातामा दुई उडान हुने व्यवस्था कायमै हुनेछ । तर, उद्दार उडानलाई भने निरन्तरता दिने निर्णय सरकारले गरेको थियो ।

विदेशस्थित नेपाली नियोगहरुले पनि त्यहाँस्थित नेपाली आप्रवासी र श्रमिकको लागि पनि ट्राभल एड्भाइजरी जारी गरेका छन् ।
ब्ब


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर