१४ महिने बालकसहित १११ वर्षीय वृद्धले समेतले जिते कोरोना – Nepal Press

१४ महिने बालकसहित १११ वर्षीय वृद्धले समेतले जिते कोरोना

रुपन्देही । केही सातायता कोरोना संक्रमणको हटस्पट बनेको लुम्बिनी प्रदेशको बाँकेमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या पनि बिस्तारै बढ्न थालेको छ ।

केही दिनयता यसरी संक्रमित  निकाे हुनेहरु बढ्न थालेपछि स्वास्थ्यकर्मीहरु खुसी  भएका छन्  ।

बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीका अनुसार पछिल्लो एक सातामा विभिन्न कोभिड आइसोलेसन र होम आइसोलेसनमा रहेका एक हजार ३३५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

अहिले संक्रमणमुक्त हुनेहरु धेरै होम आइसोलेसनमा बसेका हुन् । १४ महिने बालकसहित १११ वर्षीय वृद्धले समेत कोरोना जित्न सफल भएको वलीको भनाइ छ ।

बाँकेमा वैशाख १२ गते १२, १३ गते १२५, १४ गते १०६, १५ गते ८८, १६ गते २४४, १७ गते २०५, १८ गते २५०, १९ गते ३०५ संक्रमित कोरोना जितेर घर फर्किएको वलीले जानकारी दिएका छन् ।

पहिलो चरणको कोरोना महामारीभन्दा यो पटकको महामारीमा गम्भीर प्रकृतिका बिरामी बढी देखिनु र मृत्युदर बढी हुँदा त्रास बढेको र अस्पतालमा थेग्नै नसक्ने गरी गम्भीर बढेको भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले बताए ।

बाँकेमा कोरोना जित्नेको तुलनामा संक्रमिण दर बढी देखिन्छ । पछिल्लो हप्तामा एक हजार ३३५ निको हुँदा तीन हजार ५२० जना संक्रमणमा परेका छन् । यो संख्यामा कमी नआएका कारण पनि अस्पतालमा चाप बढेको हो ।

संक्रमित अधिकांश लक्षण नदेखिएका रहेकाले जति ठूलो संख्यामा संक्रमित भए पनि दश दिनपछि त्यति नै संख्यामा डिस्चार्ज हुने देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबहादुर चन्दको भनाइ छ ।

८ वटा स्थानीय सरकार रहेको बाँकेमा सबैभन्दा प्रभावित नेपालगन्ज उपमहानगरपालिका रहेको छ ।

त्यसपछि कोहलपुर नगरपालिका जिल्ला रहेको छ । यी क्षेत्रमा बढ्दो जनघनत्व भएका कारण पनि संक्रमण बढेको अनुमान स्वास्थ्यकर्मीहरुको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *