नेपालले राष्ट्रसंघमा आफ्नै तरिकाले योगदान दिइरहेको छ : परराष्ट्रमन्त्री ज्ञवाली – Nepal Press

नेपालले राष्ट्रसंघमा आफ्नै तरिकाले योगदान दिइरहेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रसंघीय शान्ति मिसनमा नेपालले विभिन्न माध्यमबाट सहयोग गरिरहेको र भविष्यमा पनि त्यो निरन्तर हुने बताएका छन् ।

कोनार्ड एडेनउर स्टिफटङ र इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले विश्व शान्तिमा नेपालको योगदान उच्च रहेको बताए ।

नेपाली सुरक्षाकर्मीले राष्ट्रसंघको अनुरोधमा विश्व शान्ति स्थापनामा योगदान दिएको उनको भनाई छ । कार्यक्रममा नेपाली सेनाका अवकासप्राप्त रथी तथा राष्ट्रिय सुरक्षा विश्वविद्यालयका प्रमुख बालानन्द शर्माले युएन मिसनको अपरेसनल स्तरमा विकासोन्मुख मुलुकहरुको सहभागिता रहेको बताए ।

पूर्वराजदूत तथा कूटनीतिज्ञ दिनेश भट्टराईले राष्ट्रसंघले बटम टु टप मोडेलमा काम गर्दा प्रभावकारी हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर